Logo

यस्तो देश जहाँ हाँस्नु पनि महँगो



Spread the love

हाँसो भन्नाले मानिसमा ल्याउने एक चम्किलोपन हो जसले गर्दा मानिसको फेस उज्यालो देखिन्छ l तर, स्पेनको बासिर्लोनास्थित एक कमेडी क्लबले एकचोटी हाँसेको ३८ सेन्ट अर्थात् झण्डै ३७ रुपैयाँ तिर्नु पर्ने नियम बनाएको छ ।उक्त कमेडी क्लबले आफुकहाँ आएको दर्शकहरुबाट हाँसो अर्थात् आनन्दका आधारमा शुल्क लिन थालेको छ ।

 

त्यसका लागि उसले दर्शक दीर्घाका हरेक कुर्सीमा अनुहार चिन्ने प्रविधि जडान गरेको छ । उक्त कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ ।

कमेडी शो हेर्ने दर्शकहरुको हाँसोको आधारमा औषत टिकट शुल्क साढे ७ डलर हुने गरेको छ । कतिपय दर्शकहरु हाँसेको मात्र पैसा तिर्नुपर्ने र नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने लोभमा कमेडी क्लबभित्र पस्छन् ।

हाँसो लागेता पनि नलागे जस्तै अभिनय गर्छन् । तर, मेसिनले उनीहरुको अनुहारको हाँसो बुझीहाल्ने र टिकट शुल्क लिने गर्दछन् l

प्रतिक्रिया दिनुहोस्