Logo

एक युवती जसले बनाइन आइफोनको लागि ब्वायफ्रेण्ड



Spread the love

अहिलेको युग प्रतिस्पर्धाको छ जहाँ मानिसहरु अरु भन्दा कम नहुने र देखाउन खोज्ने गर्दछन् l सो क्रममा कोहि मानिसहरु इमान्दार बाटो अपनाउँछन् त केही खराब बाटो हिडछन् l

चीनको एक युवतीको घटना सार्वजनिक भएको छ । घर किन्ने लालचमा एउटा होइन दुइटा होइन पुरै २० जना ब्वायफ्रेण्ड बनाइन् ।

एकपछि अर्को केटासंग प्रेमको नाटक गरि सबै ब्वायफ्रेण्डहरुबाट आइफोन (मोबाइल ) फुत्काउन सफल भइन् । २० वटा आइफोन हात पार्न सफल भएकी ती युवती अन्ततः एकसाथ सबै केटाहरुलाई जिल्ल पार्दै छाडिन् ।

ती युवतीको नाम शायली भएको बताइएको छ । सबै आइफोन जम्मा गरि मोबाइल फोन बिक्रेता कम्पनीमा लगेर बेचिन् ।

जसको मूल्य झण्डै १८ हजार डलर बराबरको रकम दिइएको छ । उनीले घर किने पश्चात आफ्ना बुवाआमा निकै बुढाबुढी भएका र आफुलाई घर किन्नु पर्ने दबाब परेका कारण त्यस्तो बाटो अपनाएको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्