Logo

नेपाल केन्यासँग ५ विकेटले पराजित



Spread the love

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत खेलमा केन्यासँग नेnepal-kenya-icc-wt20-qualifier-2013पाल पराजित भएको छ ।केन्याले नेपालविरुद्ध ५ विकेटको जीत दर्ता गरेको हो ।

केन्याका लागि कप्तान रकिप पटेलले  सर्वाधिक ३४ रन बनाए । कप्तान पटेलले २४.१ ओभरमा छक्का हान्दै पाहुना टोलीलाई जीत दिलाए ।केन्याका कोलिन्स ओबोयाले २४ रन बनाए । इर्फान करिमले ८ रन बनाए ।

पहिलो पारीमा बर्षाका कारण खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, बर्षाका कारण लक्ष्य नयाँ लक्ष्य दिइएको थियो ।

अस्वस्थताका कारण कप्तान पारस खड्का नखेलेपछि आज ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालेका छन् । खेलमा ज्ञानेन्द्रले सर्वाधिक २७ रन बनाए । आजबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।

शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका थिए। यो नेपालको इनिङमा सबैभन्दा धेरै रनको साझेदारी हो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले २१ रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्