Logo

हावाहुरीका कारण पर्वतमा दर्जनौ विद्यालयमा क्षति



Spread the love

१९ वैशाख, पर्वत।
एक्कासी बुधबार दिउँसो आएको ठूलो हावाहुरीका कारण पर्वतका विभिन्न स्थानीय तहमा सञ्चालित दर्जनौ विद्यालयमा क्षति पुगेको छ ।

विद्यालयको छानो उडाउँदा बालबालिकाको पढाइ समेत प्रभावित भएको छ । हावाहुरीका कारण कुश्मा नगरपालिका-१२ मा रहेकाे जनज्योति प्राविको चार कोठे भवनको पुरै छाना उडाएको छ भने मोदी गाउँपालिका २ देउपुरमा सञ्चालित जननेत्र मावि, कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा सञ्चालित एउटा प्राथमिक विद्यालयलगायत विभिन्न स्थानका विद्यालयहरुमा नोक्सानी गरेको छ ।

बुधवार अन्तराष्ट्रिय श्रमिक दिवसका कारण विद्यालय बन्द रहेको हुनाले मानवीय क्षति हुन नपाएको जननेत्र माविका शिक्षक भूमिराज शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्