Logo

सल्यानमा कुपिण्डे शारदा बचाउ अभियान



Spread the love

kupinde-daha-bachau

कुपिण्डे ताल तथा शारदा नदी संरक्षण सम्बन्धी जिल्ला स्तरीय प्रतियोगितात्मक कार्यक्रम आज सल्यानको सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जलबायू परिबर्ततन तथा मानवीय कारणले शारदा तथा कुपिण्डे तालमा पर्ने असर लाई न्यूकिरण गर्ने उद्देश्यका साथ जिल्ला स्तरीय प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

रेडियो राप्ती एफ.एम. सल्यानका स्टेसन म्यानेजर रमेश कुमार गौतमको अध्यक्षता एवम् स्थानीय विकास अधिकारी खिम बहादुर राईमाझीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि खिम बहादुर राईमाझीले कुपिण्डे ताल तथा शारदा नदी संरक्षण अभियान एक महत्त्वपूर्ण अभियान भएको बताउनु भयो । मानवीय क्रियाकलापले लोप हुने अवस्थामा पुगेका नदी तथा तालको संरक्षणका लागी यस अभियान कोसेढुगां साबित हुने पनि दाबी गरे  ।

एक दुई जनाको पहलले मात्रै नदी तथा तालको संरक्षण गर्न नसकिने बताउदैँ उहाँले अदम्य आँट र जोसिला विद्यार्थी समक्ष यो अभियान सञ्चालन गर्दा यसको प्रचारप्रसारका साथै संक्षरण र सम्बद्धर्धन गर्नमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

स्थानीय विकास अधिकारी राईमाझीले कुपिण्डे ताल र शारदा नदीको संरक्षणको विषय सबैको साझा विषय भएको बताउदैँ यसमा आफूले पनि सक्दो पहल गर्ने बताउनु भयो । उहाँले जिल्ला भर नै शारदा र कुपिण्डेको संरक्षणको अभियान चलाउनु पर्ने बताउुन भयो । राईमाझिले शारदा नदी र कुपिण्डे तालको संरक्षण गर्न सके यहाँ बर्सेनि लाखौँ पर्यटक आउने र सल्यानको अर्थतन्त्रमा पनि वृद्धि हुने बताए  ।

यस्तै कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुबेधी र जिल्ला बन अधिकृत नबराज काफ्लेले कुपिण्डे ताल तथा शारदा नदी संरक्षण अभियानले पुराना प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने कुराको सन्देश दिएको बताउुनभयो । उहाँहरूले यस अभियान सञ्चालन गरेर रेडियो राप्ती सल्यानले महत्त्वपूर्ण काम गरेको बताउदैँ रेडियो लाई धन्यवाद ज्ञापन गरे ।

ओरेक नेपाल सल्यानको आर्थिक सहयोग र रेडियो राप्ती सल्यानको आयोजनामा भएको कार्यक्रममा लोक गीत र बक्तृत्व कला प्रतियोगिताको आयोजना गरिएको थियो । जुन कुपिण्डे ताल र शारदा नदी संरक्षाण विषयमा आधारित रहेको थियो ।

कार्यक्रममा जिल्लाका १७ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिता अन्र्तगत बक्तृत्वकला प्रतियोगितामा कालीका मा वि कजेरीका छवि खड्का प्रथम, निराजन मा वि ढोरचौरका गौरव थापा द्वितिय, महेन्द मावि पिपलनेटाका सुवास परियार तृतिय र बालशाखा मावि मदमकाँडाका शुरेश बस्नेत सान्त्वना स्थान हासल गरेका थिए ।

त्यस्तै लोकगीत तर्फ त्रिजमावि लुहापिङकी कालीका खड्का प्रथम, शिवजन मावि शितलपाटी कि सपना विष्ट र कृष्णा डाँगी द्वितिय, महेन्द्र मा वि पिपलनेटा की सोविना गौतम तृतिय र कालीका मावि कजेरी कि विमला परियार सान्त्वना हासिल गरेका छन् ।

प्रतियोगितामा प्रथम, दिृतिय, तृतिय र सान्त्वना भएकाहरुलाई रेडियो राप्तीले शैक्षिक सामाग्री पुरस्कार स्वरूप प्रदान गरेको छ । कार्यक्रमका बारेमा ओरेक नेपाल सल्यानका जिल्ला संयोजक अशोक चौधरीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन रेडियो राप्तीका प्राविधिक प्रमुख शिव डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्