Logo

‘प्रधानमन्त्रीज्यू, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’



Spread the love

२० बैशाख, नवकाठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

उनले ट्विटरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले योजना आयोगका उपाध्यक्षलाई लेखेको पत्र राख्दै प्रश्न गरेका छन्, ‘‘सम्माननिय प्रधानमन्त्रीज्यू, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’’

प्रधानमन्त्रीले सबै कार्यक्रमहरु आफ्नो निर्वाचन क्षेत्रका लागि मात्र मागेकाले झापाबाट राजनीति गर्ने कांग्रेस प्रवक्ताले प्रश्न गरेका छन्। दमक वरपरका लागि धेरै कार्यक्रम माग भएकोले पनि दमकका मेयर की देशको प्रम भनेर प्रश्न गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्