Logo

दाङको कारागारमा नाइके र कैदी बिच झडप



Spread the love

२० वैशाख, दाङ।

दाङको घोराहीस्थित कारागारभित्र नाइके र कैदीबिच झडप भएको छ। उक्त झडपमा परि ५ जना घाइते भएका छन्। घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी गरिएको छ भने अहिले कारागारमै राखिएको कारागार शाखाले जनाएको छ।

कारागारका नाइकेहरू र कैदी बन्दीबिच आन्तरिक विषयमा कुरा नमिल्दा झडप भएको भन्दै उक्त झगडाको कारण र घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीका प्रहरी निरीक्षक र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सम्मिलित समिति बनाएर छानबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्