Logo

गुल्मीमै पहिलो पटक सिद्धवावा माविमा सिस्मोमिटर जडान



Spread the love

 

२० वैशाख, गुल्मी। गुल्मीमा पहिलो पटक जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर आठ स्थित सिद्धवावा माध्यमिक विद्यालयमा भूकम्प नाप्ने यन्त्र सिस्मोमिटर यन्त्र जडान गरिएको छ । सिद्धबाबा मावि सिस्मोमिटर जडान गर्ने नेपालको १३ औ र जिल्लाको पहिलो विद्यालय समेत बनेको छ ।

२०७२ सालको भूकम्प बाट धेरै मानवीय तथा भौतिक क्षतिको सामान गरेको नेपाली समाजलाई भूकम्प प्रतिरोधात्मक बनाउने उद्देश्यले विद्यालयमा सिस्मोमिटर यन्त्र जडान गरिएको नेपाली वैज्ञानिक शिव सुवेदीले बताए । युनिर्भसल अफ लोजाङग स्विट्जरल्याण्डको सहयोगमा उक्त विद्यालयमा भूकम्प नाप्ने यन्त्र सिस्मोमिटर जडान गरिएको हो ।

आज रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले एक कार्यक्रमका बिच सिस्मोमिटर यन्त्रको उद्धघाटन गरेका हुन् । युनिर्भसल अफ लोजाङग स्वुजरलाण्डले देशका विभिन्न जिल्लामा उक्त यन्त्र जडान गदै आएको जानकारी दिएको छ । भूकम्प बारेमा विद्यार्थीले जानकारी लिए समुदायले जानकारी पाउने उद्देश्यले उक्त यन्त्र विद्यालयमा जडान गदै आएको सुवेदीले बताए ।

भूकम्प कहाँ गयो, कतीको गयो, कसरी गयो भन्ने कुरा सबै आफ्ना आँखाले देख्न सक्ने सुवेदीको भनाइ रहेको छ । साथै उक्त यन्त्रको प्रयोगले भूकम्प जति बेला पनि जान सक्छ र यसबाट सजग रहन पर्छ भन्ने कुराको ज्ञान समाजले लिने उनको विश्वास रहेको छ ।

उक्त यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्ने गर्दछ । सोही अवसरमा सिद्धवावा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सिस्मोमिटर यन्त्रको प्रयोग गरी भूकम्प आउँदा जाँदाको अवस्था बारे जानकारी समेत गराइएको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्