Logo

भिरबाट लडेर गुल्मीमा एक जनाको ज्यान गयो



Spread the love

गुल्मीमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको दरबार गाउँपालिका वडा नम्बर ४ का ४४ बर्षिय चेतराम चुडाली रहेको प्रहरी कार्यलयका असई हरि कृष्ण पुनले जानकारी दिएका छन् ।

शुक्रबार दिउँसो २ बजेतिर चुडालीको शव फेला परेको बताईएको छ । चुडाली विहीबार देखी परिवारको सम्पर्कमा नरहेको र परिवार पनि गुल्मीमा नरहेको र काममा नआएपछीे खोज्दै जादा मृत भेटिएको बताईएको छ ।

अहिले मृतको शव जिल्ला अस्पताल गुल्मीमा पठाईको असई हरि कृष्ण पुनले जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्