Logo

शिक्षा सुधारका लागि ११ बुँदे माग राख्दै विप्लव निकट विद्यार्थीद्वारा ज्ञापन पत्र



Spread the love

२१ बैशाख , गुल्मी – सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी जिल्ला समिति गुल्मीले शुक्रबार जिल्ला शिक्षा समन्वय समिति गुल्मीमा विभिन्न ११ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

निजी तथा सामुदायिक विद्यालयले वर्षै पिच्छे आफ्नो अनुकूलतामा बढाईने शुल्क तत्काल बन्द गरियोस , वर्षै पिच्छे पाठ्यपुस्तक तथा पोशाक परिवर्तन तुरुन्त बन्द गरियोस , निजी र सामुदायिक विद्यालयमा १० प्रतिशत छात्रवृत्ति अनिवार्य लागूका साथै पारदर्शी बनाउन राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले माग गरेको छ ।

त्यस्तै, अङ्ग्रेजी भाषाको नाममा लिने शूल्क बन्द गर्ने , मन्टेश्वरीको नाममा लिने अनियन्त्रीत शुल्क नियन्त्रण गर्ने ,यातयातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था ,सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको नाममा लिईने चर्को शूल्कको अन्त्य, शिक्षामा निजीकरण र व्यापारीकरणलाई निरूत्साहन, शिक्षामा ३० प्रतिशत बजेट विनियोजन,सम्पुर्ण शिक्षा क्षेत्रमा वडापत्र, संविधानमा भौगोलिक अधिकारको रुपमा राखिएको व्यवहारी हिसाबले सम्पुर्ण विद्यार्थीलाई समेट्ने गरी कार्यन्वयन गरियोस् भन्ने जस्ता ११ बुँदे माग राखिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्