Logo

“प्रेमको झरीमा रुझ्न पाउनु सौभाग्यको कुरा हो” – रणबिर कपूर



Spread the love

बलिउडको सुपरहिट नाम हो – रणबिर कपूर । ‘आ अब लौट चले’ र ‘ब्ल्याक’ बाट सहायक निर्देशकको रुपमा बलिउड भित्रिएका कपूरले सञ्जय लीला भन्साली निर्देशित ‘शावरीया’ मार्फत् अभिनेताको रुपमा डेब्यु गरेका थिए । बक्सअफिसमा कमजोर भए पनि यसबाट उनले फिल्मफेयर डेब्यु अभिनेताको अवार्ड हात पारे । डेब्यु गरेको २ वर्षपछि सन २००९ मा उनले ‘वेक अप सीड’, ‘अजब प्रेम की गजब कहानी’ र ‘रकेट सिंहः सेल्सम्यान अफ द इयर’ का लागि संयुक्त रुपमा फिल्मफेयर क्रिटिक्स उत्कृष्ट अभिनेताको अवार्ड समेत पाउन सफल दरिए ।

यस पछि उनले लगातार बक्सअफिस हिट फिल्महरू दिए । ‘रकस्टार’ र ‘बर्फी’ का लागि उनले थप दुई फिल्मफेयर अवार्ड पनि पाए । त्यस्तै सन २०१३ मा आएको ‘ए जवानी है दिवानी’ भारतको बक्सअफिसमा सफल चलचित्र मध्ये पर्न समेत सफल भयो ।

त्यसपछि लगालग उनका फिल्म फ्लप साबित भए । ‘बम्बे भेलभेट’, ‘तमाशा’ र ‘जग्गा जासुस’ पुर्णतः बक्सअफिसमा कमजोर देखिए । सन २०१६ मा आइपुग्दा करण जोहरको रोमान्टिक फिल्म ‘ए दिल है मुश्किल’ ले ओरालो लागेको रणबिरको क्रेजलाई केही थामथुम पार्यो । यसपछि रणबिरको कमब्याक बन्न पुग्यो – राज कुमार हिरानी निर्देशित सञ्जय दत्त बायोपिक ‘सञ्जु’ । यसले उनलाई बक्सअफिसमा त राज गरायो नै साथै फिल्मफेयरलगायतका अवार्डबाट समेत सम्मानित गरायो ।

पछिल्लो समय आलिया भट्ट सँगको लभ केमेस्ट्रीका कारण बलिउडमा चर्चाको विषय बनिरहेका उनै रणबिर कपूरसँग फिल्मी पत्रकार/समीक्षक अनुपमा चोपडाले गरेको कुराकानीको सम्पादित अंशः

अनुपमाः दीपिका पादुकोणले सधैं अनुरोध गर्छिन् कि उनलाई उनको अभिनय प्रक्रियाबारे नसोधियोस् । उनलाई यो विषयमा कुरा गर्न फिटिक्कै मन पर्दैन रे ! के तपाईलाई यसबारे कुरा गर्न मन पर्छ ? तपाई कसरी आफू भन्दा फरक चरित्रमा डुब्न सक्नुहुन्छ ? के तपाईले यसमा केही प्रक्रियाहरू अपनाउने गर्नु भएको छ ?

रणबिरः फिल्म पिच्छेका हरेक चरित्रहरू भिन्दा भिन्दै हुन्छन् । र तिनका प्रक्रिया पनि अवश्य फरक हुन्छन् नै । म कहिलेकाही आफुले अपनाउने अभिनय विधि नै भुलिरहेको हुन्छु । यसकारण पनि मलाई त्यो शेयर गर्न कुनै अप्ठ्यारो हुँदैन । यसले मलाई थप सम्झाउनुका साथै झझल्काइरहेको हुन्छ ।

अनुपमाः एकपल्ट मैले आमिर खानलाई सोधेकी थिए कि कसरी उनले त्यति सृजनात्मक भएर सोच्न सक्छन् ? उनको जवाफ थियो कि उनले फिल्म खेल्दा अभिनेता भन्दा बढी निर्माताको नजरबाट हेरिरहेका हुन्छन् रे ! ताकि उनले आफ्नो भागको रोल मात्र नभएर पुरा फिल्मबारे नै पुर्ण जानकारी रहोस् । तर तपाईको फिल्म छनौटबाट ठ्याक्कै उल्टो जस्तो देखियो नि ? के हो कुरा ?

रणबिरः ‘शावरीया’ देखी आजसम्म पनि जति फिल्म सफल या असफल भए, सबको कारण म नै हुँ । म यसको दोष अरुमाथि थोपार्न सक्दिनँ । आमिर सरले त्यसो गर्न सक्नुहुन्छ र त उहाँ ‘आमिर खान’ हुनुहुन्छ, तर म त्यति धेरै दृष्टिकोणबाट हेर्न सक्दिनँ । सायद यो कुरा अनुभवबाट पनि सिकिदो हो कि सायद !

अनुपमाः राजिब मसन्द सँगको एक अन्तर्वार्तामा तपाईले भन्नुभएको छ कि कोहि मान्छे यदि मनैदेखी मन परेछ भने तपाई उसबाट तिन बच्चाबच्चीलाई जन्म दिन चाहनुहुन्छ रे ! तर तपाई त धेरै पल्ट मायामा परिसक्नु’भो । के यसले तपाईलाई अभिनयमा असर गर्दैन ?

रणबिरः जब तपाई प्रेममा पर्नुहुन्छ नि तब सब कुरा गज्जब लाग्न थाल्छ । मानौ पानी सर्बत जस्तो । तपाईलाई अद्भुत महशुस हुनेछ । अभिनय मेरो जस्ट पेशा हो, यसबाहेक मेरो जिन्दगीलाई सुन्दर बनाउन प्रेमको सख्त जरुरत छ ।

(एजेन्सीको सहयोगमा)

केसी प्रमोदको प्रस्तुति…

०००

०००

प्रतिक्रिया दिनुहोस्