Logo

आगलागीबाट पाँच लाख बढीको क्षति



Spread the love
फाइल तस्बिर

२१ वैशाख, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका नैनसिंह साउदको गोठमा आज अपरान्ह आगलागी हुँदा रु पाँच लाख बढीको क्षति भएको छ ।

आगो गोठमा सल्किदा पानी तान्न प्रयोग हुने रु ५० हजार बढी मूल्यको डिजेल पम्पसेट, रु ३० हजार पर्ने गोरु गाडा, काठलगायत गरी पाँच लाखको क्षति भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

साउदकै छिकेकीले गहुँको ठुटा बाल्नका लागि लगाइएको आगो हावाको बेगसँगै गोठमा सल्किएको हो । गोठ पूरै जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा आगलागीमाथि नियन्त्रण गरिएको छ । आगलागी नियन्त्रण गर्न ढिलो भएको भए पूरै बस्ती जलेर स्वाहा हुन्थ्यो प्रहरी निरीक्षक अबस्थीले भने, “सबैको सहयोगमा ठूलो क्षति हुनबाट जोगाइएको छ ।”

प्रतिक्रिया दिनुहोस्