Logo

दीपक–दीपाद्वारा ‘छक्का पञ्जा–२’ को घोषणा



Spread the love

नेपाली चलचित्रको इतिहासमा कीर्तिमानी कमाइ गरेको फिल्म ‘छक्का पञ्जा’को सिक्वेल पनि आउने भएको छ ।सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै निर्माता एवं कलाकार दीपक राज गिरीले उक्त फिल्मको भाग–२ बनाउने घोषणा गरेका हुन् । फिल्मलाई दीपाश्री निरौलाले नै निर्देशन गर्ने बताइएको छ ।

chakka_panja-1

१६ करोडको व्यापार गर्दै सय दिन मनाउन सफल चलचित्र छक्का पन्जा को सिक्वेलमा अधिकांश पुराना कलाकारहरू नै दोहोरिने भएका छन् भने एक नायक र एक नायिकाको खोजी भने भइरहेको छ । चलचित्रका नायक तथा निर्माता दीपकराज गिरीका अनुसार, चलचित्र छक्का पन्जा टू मा नाम चलेकै कलाकारहरू हुनेछन् । फागु पूर्णिमाको अवसर पारेर निर्माण घोषणा गरिएको छक्का पन्जा टू आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुनेछ । गिरीका अनुसार फिल्म जेठबाट छायांकन सुरु हुनेछ । दीपकले फिल्म रिलिजको मिति भने केही समयपछि घोषणा गर्ने बताएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्