Logo

बाजुरामा ज्वरोको कारणले एकको मृत्यु



Spread the love

२२ वैशाख, बाजुरा। बाजुरा जिल्लाको हिमाली गाउँपालिका–५ क्युडीमा ५५ वर्षीया छञ्चकला बुढाको भाइरल ज्वरोका कारणले मृत्यु भएको छ।

मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेको हुनाले हिमालीको क्युडी र पाडीगाउँमा भाइरल ज्वरोको प्रकोप बढेको हो ।

स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वमा टोली क्युडीगाउँमा गएर उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्