Logo

३ जनालाई बेहोस गरि ६ लाख लुटपाट



Spread the love

२२ वैशाख, जनकपुर ।
जलेश्वरमा एक लुटेरा समुह ६ लाख रुपैयाँ लुटपाट गरि फरार भएको छ । आईतबार जलेश्वर नगरपालिकाको सारीगाउँमा लुटेराहरुको एक समूहले स्थानीय नविन ठाकुरको घरबाट ६ लाखभन्दा बढीको धनमाल लुटेको छ।

७ जनाको समूहमा आएका लुटेराहरुले सुनचाँदीका गरगहना र नगद लुटेर लगेको प्रहरीले जानकारी दिएको छ। ठाकुरको घरको झ्यालको रड तोडेर घरभित्र प्रवेश गरी लुटेराहरुले सुतिरहेका ३ जनालाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए ।

ठाकुरको घरबाट ५ लाख ६९ हजार बराबरको धनमाल लुटेर लगेको जिल्ला प्रहरी महोत्तरीले जनाएको छ । प्रहरीले लुटेराहरुको खोजी भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्