Logo

भीर मौरीको मह खाँदा ७ जना गम्भीर बिरामी



Spread the love

२२ वैशाख, धादिङ ।
धादिङको सेर्तुङमा भीरमौरीको मह खादा ७ जना गम्भीर बिरामी भएका छन्। बिहान ९ बजेतिर उनीहरुले मह खाएका थिए। मह खाएपछि उनीहरु काम्ने, बान्ता गर्ने, लड्ने गरेका थिए। मह खाँदा गम्भीर बिरामी भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

मह खाँदा मोक्ता लामा तामाङ, हिमाल विक, लालु विक, सुष्मा तामाङ, मि लामा तामाङ, कान्छा लामा र तेसमान तामाङ बिरामी परेका हुन्। बिरामीमध्ये कान्छा लामा र तेसमान तामाङको अवस्था गम्भीर भएपछि तत्काल हेलिकप्टर बोलाएर उपचारको लागि काठमाडौं ल्याइएको हो । बाँकी विरामीकोस्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्