Logo

गुल्मी महोत्सवमा दश करोड बढीको कारोबार,बचत रकम सामाजिक कार्यमा खर्च गरिने



Spread the love

२२ बैशाख, गुल्मी – प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सव एवम् व्यापार मेला २०७५ मा १० करोड भन्दा बढीको कारोबार भएको छ ।  आयोजकले रू १० करोड बढीको कारोबार भएको साथै रू २७ लाख रकम बचत गरेको जानकारी दिएको छ  ।

“गुल्मीको समृद्धिका मुख्य आधार, सांस्कृतिक संरक्षण एवम् पर्यटन विकासमा पूर्वधार” भन्ने मूल नाराका साथ चैत २० गते चैत ३० गते सम्म सदरमुकाम तम्घासको चिदिचौरमा सञ्चानल गरिएको प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटकीय महोत्सव एवम् व्यापार मेला सफल रूपमा सम्पन्न भएको आयोजकको दाबी रहेको छ ।

आइतबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी आयोजकले सम्पूर्ण खर्च तथा आम्दानीको बारेमा  जानकारी गराएको हो ।

मेला चेम्बर अफ कमर्स को आयोजना तथा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा गुल्मी एवम् जिल्लाका अन्य सङ्घ संस्थाहरुको समन्वयमा  आयोजना तथा सम्पन्न भएको हो ।

महोत्सवमा १ लाख भन्दा बढी दर्शकले अवलोकन गरेको ,७२ हजार ५ सय टिकट बिक्री भएको , जिल्लाका १२ वटै स्थानीय तहका स्टल समावेश गरिएको ,पिपलको पातमा अतिथि सत्कार, व्याच खादा निषेध ,मायाको चिनो मा गुल्मीको कफी र गुड प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।

साथै महोत्सव अवधीभर धार्मिक स्थल रेसुङ्गा घुम्न जाने दर्शक तथा अतिथिलाई यातायातको व्यवस्था गरिएको थियो भने जिल्ला का १२ वटा स्थानीय तहको पहिचान झल्कने गरी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।

महोत्सवमा गुल्मी जिल्लाका कलाकारसँगै राष्ट्रिय स्तरका करिब ७३ जना भन्दा बढी कलाकारको प्रस्तुति रहँदा गुल्मीको मौलिक नाच, सामाजिक पहिचान झल्कने झाँकीहरू समेत प्रदर्शन गरिएको थियो ।

महोत्वसमा टिकटद्वारा २८ लाख २० हजार ,स्टलबाट २७ लाख ,मेलाबाट १४ लाख , र प्रायोजकबाट १५ लाख आम्दानी भएको आयोजकले  जानकारी दिएको छ भने खर्च तर्फ १९ लाख कलाकार ,यातायात तथा खान बस्नमा ३ लाख स्टल निमार्णमा ८ लाख २० हजार , साउण्ड सिस्टममा ३ लाख, सुरक्षातर्फ ३ लाख , प्रचार-पसार तथा कार्यालय व्यवस्थापनमा १६ लाख, मञ्च गेट निमार्णमा २७ दाख रकम खर्च भएको बताइएको छ । माथिका सबै खर्चबाट २७ लाख रकम बचत भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

रेसुङ्गा नगरपालिकासँग सहकार्य गरी बचत रकमको ४५ प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने र बचत रकमको ५५ प्रतिशत संस्थागत विकासको निम्ति खर्च गर्ने महोत्सव मूल समारोह समितिका सह-संयोजक नवराज भुसालले जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्