Logo

केन्यामाथि नेपालको ७ विकेटको जित



Spread the love

आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटको ठूलो अन्तरले पराजित गर्न सफल भएको छ ।17203168_1571399762900932_5380626685552894151_n

नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भएको दोस्रो खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो । नेपालका कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लको निर्णयलाई सही सावित गर्दै ओप्नर बलर मेहबुब आलमले चौथो ओभरमा २ विकेट लिएका थिए । त्यसपछिको ५ ओभर लगातार मेडन फाल्दै उनले केन्याका ब्याट्स्म्यानलाई ब्याकफुटमा खेल्न मजबुर पारेका थिए ।

नेपालका लागि शरदले ४ विकेट लिएका थिए भने बसन्त रेग्मीले २ विकेट र सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट लिएका थिए ।

१५६ रनकाे लक्ष्य लिएर मैदानमा आएको नेपाली टोलीलाई पनि सुरुवाती ओभर मै २ विकेटको झड्का लागेको थियो । नेपालको पनि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र ऐरीको तेस्रो विकेटको पाटनरसिप जमेपछि १५६ रनको लक्ष्य पछ्याउन गाह्रो भएन । नेपालका ज्ञानेन्द्र र दीपेन्द्र दुवैले आफ्नो अर्धसतक पुरा गर्न सफल भयो । खेलको अन्तिम समयमा दीपेन्द्रको विकेट झरेसँगै मैदानमा प्रवेश गरेका नेपालका सबैभन्दा भरोसिला ब्याट्स्म्यान शरदले ज्ञानेन्द्रसँग मिलेर नेपाललाई जित दिलाए ।
नेपालका लागि ज्ञानेन्द्रले अविजित ६४ रन बनाए भने दीपन्द्रले ६२ र शरदले २४ रनको योगदान दिए ।

प्रतिक्रिया दिनुहोस्