Logo

माध्यमिक शिक्षा परीक्षाको तयारी पुरा, ६ हजार २ सय ३४ जना विद्यार्थी सहभागिता हुने



Spread the love

sakshar-salyanसल्यानमा बिहीबार देखी सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा २३ वटा परीक्षा केन्द्र रहेको र प्रत्येक परीक्षा केन्द्रहरुमा प्रश्नपत्र तथा उत्तरपुस्तीका पठाईसकेको जिल्ला शिक्षा कार्यालय सल्यानले जानकारी दिएको छ ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) मा जिल्ला भरी बाट ६ हजार २ सय ३४ जना विद्यार्थीहरूले सहभागिता जनाउदैँ छन् । जसमा नियमित तर्फ ५ हजार २ सय ८९ जना विद्यार्थीहरूले सहभागिता जनाउदैँ छन् । यस्तै आंशिक तर्फ ७ सय २९ र एक्जाम्टेड तथा २ सय १६ जना बिद्याथीहरुले सहभागिता जनाउदैँ छन् । तर विभिन्न कारण गर्दा २ सय ८६ जना विद्यार्थीहरू भने परीक्षामा सामेल हुन नपाउने जिल्ला शिक्षा कार्यालय सल्यानले जानकारी दिएको छ ।

माध्यमिक शिक्षा परीक्षामा सल्यानको शिबजन माद्यामिक विद्यालय शितलपाटी परीक्षा केन्द्र बाट सबै भन्दा धेरै ३ सय ९० जना विद्यार्थीहरूले सहभागिता जनाउदैँ छन् । यस्तै सबै भन्दा कम भानुभक्त माद्यामिक विद्यालय दमाचौर बाट १ सय १२ जना विद्यार्थीहरूले सहभागिता जनाउदैँ छन् । जिल्लाका २३ परीक्षा केन्द्रका लागी २३ जना केन्द्राध्यक्ष पनि ताकिएको छ ।
यसैबिच जिल्ला शिक्षा अधिकारी देबिप्रसाद सुबेधीले सल्यानमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा अनुशासित र मर्या्दित तरिकाले सम्पन्न हुने दाबी गरे  । उनले  परीक्षालाई सब्य र मर्या्दित तरिकाले सम्पन्न गर्नका लागी सबै केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण पनि दिइईएको बताए  ।

सल्यानमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमण समिति गठन गरिएको छ । सो अनुगमण समितिले जिल्लाका सबै परीक्षा केन्द्रहरुमा परीक्षा कसरी सञ्चालन भइरहेको छ भनेर अनुगमण गर्ने छ । जिल्ला शिक्षा अधिकारी सुबेधीले बिहीबार देखी सुरु हुन लागेको परीक्षालाई मर्या्दित बनाउनको लागी सहयोग गर्न सबैलाई अनुरोध गरे ।

उहाँले प्रश्नपत्रको गोपनियता भंग गर्ने, अरूको तर्फ बाट परीक्षा दिएमा वा यस्तै अन्य कार्य गरेमा शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम कसुरको मात्रा हेरी कारबाही गरिने चेतावनी दिएका छन् ।  तर सुबेधीले ढुक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरूलाई आग्रह गरे ।

जिल्ला शिक्षा कार्यालय सल्यानले यस वर्षको माद्यामिक शिक्षा परीक्षामा सल्यानको नतिजा राम्रो आउने बताएको छ । समय समयमा बिद्यालयहरुको अनुगमण तथा विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागी काम गर्न सचेत गराएकाले माद्यामिक शिक्षा परीक्षाकोे नतिजा राम्रो आउने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्