Logo

पोखरा महानगरको पोल्टामा मेयर कपको उपाधि



Spread the love

२४ बैशाख, काठमाडाैँ ( नुवाकोटको बट्टारमा भएको विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले हात पारेको छ ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा आईतबार भएको उपाधि भिडन्तमा घरेलु टोली विदुरलाई २–० ले पराजित गर्दै पोखरा उपमहानगरे उपाधि रक्षा गरेको हो ।

पोखरा महानगरपालिकालाई उपाधि दिलाउन खेलको विमल राना र दिपेश आलेले एक÷एक गोल गरेका थिए ।

प्रतियोगिताको उपाधिसँगै पोखराले नगद तीन लाख र उपविजेता विदुरले एक लाख ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्