Logo

संविधान संशोधन प्रस्ताव संविधान र निर्वाचन भाड्ने खेल हो: एमाले अध्यक्ष ओली



Spread the love

एमालेले संचालन गरेको मेची महाकाली अभियानको अन्तिम दिन कञ्चनपुरको महेन्द्रनगरमा आयोजित जनसभामा  बोल्दै अध्यक्ष ओलीले मधेशीलाई संविधानको अपनत्व गराउने नाममा निर्वाचन रोक्न नहुने बताउनु भयो ।

kp-sharma-oli

अध्यक्ष ओलीले संविधान र निर्वाचन भाँड्नका लागि संविधान संशोधन प्रस्ताव ल्याइएको बताउनु भयो । उहाँले मधेशीको माग भन्दै दर्ता गराएको संशोधन प्रस्ताव ५ नम्बर मात्रै नभइ सिङ्गो देश टुक्राउने खेल भएको बताउनु भयो ।

अध्यक्ष ओलीले एमालेले संचालन गरेको अभियान संविधान कार्यान्वयन र एमालेप्रति मधेशमा फैलाएको भ्रम चिर्नका लागि सफल भएको बताउनु भयो ।सभामा बोल्दै पुर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले चुनावबाट भाग्न नहुने बताउँदै एमाले मधेश विरोधी पार्टी नभएको स्पष्ट पार्नु भयो । एमाले महासचिव ईश्वर पोखरेलले निर्वाचन टार्न षडयन्त्र भईरहेको भन्दै त्यसलाई एमालेले चिर्ने बताउँनु भयो ।

प्रतिक्रिया दिनुहोस्