Logo

अमेरिका र ओमानसँगको सिरिज टीयू मैदानमा हुने



Spread the love

२४ वैशाख, काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप लिग अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

आईसीसीले जारी गरेको प्रेस रिलिज अनुसार नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) टीयू मैदानमा हुनेछ । आईसीसीले हालसम्म नेपालले प्रतियोगिताअन्तर्गत खेल्ने सुरुआती तीन सिरिजको मात्र स्थान टुंगो लगाएको छ ।

हरेक सिरिजमा नेपालले दुवै देशसँग २-२ पटक वान डे खेल खेल्नेछन् । यस प्रतियोगिताको शीर्ष ३ टोलीले आइसीसी विश्वकप छनोट २०२२ मा सिधै स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्