Logo

अवैध रुपमा मरिचको कारोबार गर्ने दुई जना पक्राउ



Spread the love

२४ वैशाख, पर्सा ।
वीरगञ्ज महानगरपालिका–२५, सिर्सिया पुल नजिकैबाट २ सय किलो कालो मरिचसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा भारत बस्ने २८ वर्षीय दिपेन्द्र मण्डल र वीरगन्‍ज महानगरपालिका-२२ बस्ने ३६ वर्षीय विनोद प्रसाद पटेल रहेका छन् ।

दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बीआर २२ आर ४६४५, बीआर ०५ एफ ९१७३ र ना.५० प. ६७२३ नम्बरको ३ थान मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्