Logo

भारतमा दुनियाकै सबै भन्दा ठुलो परौंठा



Spread the love

साएद यो दुनियाँमा परौंठा मन नपर्ने मान्छे कमै होला । परौंठा निकै स्वादिलो हुने हुनाले सबैलाई मन पर्छ । तपाईंले धेरै थरीका परौंठा खानुभएको छ होला । तर दुनियाँकै सबैभन्दा ठुलो परौंठा भने अवश्य पनि चाख्नुभएको छैन होला । सुन्दा सबैलाई अच्चम्म लाग्न सक्छ यति ठुलो परौंठा भनेर तर यो कुरा सत्य हो।  हाम्रै छिमेकी देश भारतको हरियाणास्थित रोयल मुरथल ढावाले तयार पारेको उक्त परौंठाको व्यास नै करीब २४ इन्चको रहेको छ ।

यो परौंठा बनाउनका लागि २ किलो आटा, आधा किलो प्याज र आलु तथा घिउ प्रयोग गरिएको छ । अझ झन् अचम्मको कुरा के छ भने यो परौंठा खाँदा पैसा तिर्नु पर्दैन जसले १५ मिनेटमा उक्त परौंठा खाएर सक्छ उसले उल्टै लाख भारु नगद पुरस्कार पाउनेछ । तर यो कुरा सुन्दा जतिसजिलो छ नि तर तेतिनै गारो पनि छ ।त्यसैले होला अहिलेसम्म कसैले पनि १५ मिनेटमा खान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्