Logo

पहिलो पटक मेस्सी र रोनाल्डोविना च्याम्पियन्स लिग फाइनल



Spread the love

 

२५ वैशाख, काठमाडौं । पछिल्लो एक दशकमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले विश्व फुटबलमा अधिपत्य जमाइरहेका छन् । तर, गत वर्ष लुका मोड्रीचले ब्यालोन डी ओर जित्दै उक्त दबदबा अन्त्य गर्ने संकेत देखाएका थिए । सन् २०१३ यता पहिलो पटक मेस्सी र रोनाल्डोविना च्याम्पियन्स लिग फाइनल हुने भएको छ ।

मंगलबार घरेलु मैदानमा लिभरपुलले बार्सिलोनालाई ४-० ले पराजित गर्दै अविश्वसनीय जित निकालेसंगै लिओनेल मेस्सी फाइनल नपुग्ने निश्चित भएको हो । क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्ट्सलाई क्वाटरफाइनलमा आयाक्सले पाखा लगाउदै रोनाल्डोको यात्रा अन्त्य गरिसकेको छ । सन् २०१३ यता रोनाल्डोले ३ र मेस्सीले १ पटक फाइनल जितेका थिए ।

यसपटक इंग्लिस क्लब लिभरपुलले दोस्रो सेमिफाइनलमा आयाक्स र टोटेनहमको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जुन १ मा म्याड्रिडमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्