Logo

सावित्रा र अनिताको गोल सेथु विजयी



Spread the love

२५ वैशाख, काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सावित्रा भण्डारी र अनिता बस्नेतले गोल गरेसंगै सेथु विजयी भएको छ । दोस्रो खेलमा सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगमा बेंगलोर युनाइटेडलाई ३-० ले पराजित गरेको छ ।

सेथुले सावित्राको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । ११ औं मिनेटमा सावित्राले गोल गर्दै लिगमा व्यक्तिगत गोल संख्या ५ पुर्याइन् । खेलको ४० औं मिनेटमा सन्ध्या रंगनाथनले गोल गर्दै सेथुको अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफमा नेपालकै अर्की खेलाडी अनिता बस्नेत पनि मैदान प्रवेश गरेकी थिइन् । उनले ७४ औं मिनेटमा गोल गर्दै सेथुलाई ३-० ले अगाडी बढाइन् । थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा सेथु ३-० ले विजयी रहयो ।

लगातार दोस्रो जितसँगै सेथुले अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सेथुले २ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्