Logo

अष्ट्रेलियालाई विश्वकप अघि ठुलो झट्का !



Spread the love

२५ वैशाख, काठमाडौँ । इंग्ल्यान्ड र वेल्समा आगमी महिना देखी सुरु हुने एक दिवसिय विश्वकप अघि अष्ट्रेलियालाई झट्का लागेको छ ।

अष्ट्रेलियाका तीब्र गतिका बलर झेय रिचड्सनले विश्वकप गुमाउने सम्भावना उच्च रहेको छ । क्रिकेट अष्ट्रेलियाका अनुसार चोटका कारण झेय रिचड्सनले विश्वकप गुमाउने भएपछि उनको स्थानमा केन रिचड्सनलाई टोलीमा मौका दिईएको छ ।

पछिल्ला खेलहरुमा अपराजित रहेको अष्ट्रेलियालाई उपाधिको प्रमुख दावेदार टोलीको रुपमा लिइएको छ। अष्ट्रेलियाले विश्वकपमा पहिलो खेल जुन १ मा अफगानिस्तानसँग खेल्दै सुरुवात गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्