Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१७०६१
निको भएका
१०३२८

कमल थापाको कारण निधीद्वारा सरकार छाड्ने धम्की



8cafb9c49bd2a0e7ada7198a140585f7

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद्को वरीयताक्रमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासमक्ष गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

दाहालले उपप्रधानमन्त्री कमल थापालाई पहिलो नम्बरमा राखेपछि निधि रिसाएका हुन् भन्ने  खबर आजको नागरिकमा छापिएको छ ।

उनले प्रधानमन्त्री र सभापति देउवासँग आफूलाई पहिलो नम्बरमा नराखे सरकार छाड्ने चेतावनीसमेत दिइसकेका छन् । ‘थापा धेरैपटक मन्त्री भएकाले उनलाई दिइएको हो’, स्रोतले भन्यो ‘यस विषयमा थापासँगै छलफल गरेर टुंगो लगाउने प्रधानमन्त्रीले आश्वासन दिनुभएको छ ।’

आजको नयाँ पत्रिकामा खबर छ –
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगत्तै नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् । थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले गत २६ फागुनमा थापालाई उपप्रधानमन्त्रीसहित स्थानीय विकासमन्त्री नियुक्त गरेका थिए । थापाले दोस्रो वरीयताको दाबी गरे पनि स्पष्ट थिएन । बिहीबार (३ चैत) बसेको मन्त्रिपरिषद् बैठकबाट प्रचण्डले आफूपछिको वरीयतामा थापालाई राखे । त्यति बेला निधि नयाँदिल्लीमा थिए ।

त्यसअघिसम्म निधि प्रधानमन्त्री प्रचण्डपछि दोस्रो वरीयतामा थिए । उनलाई प्रचण्डले आफ्नो अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिँदै आएका थिए । शनिवार स्वदेश फर्केपछि काँग्रेस मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकबारे ब्रिफिङ गरेपछि निधि आक्रोशित बनेका हुन् । उनले आइतबार प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आपत्ति मात्रै जनाएका छैनन्, उक्त निर्णय आफूलाई स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् । आइतबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे काँग्रेसका प्रभावशाली नेताहरूको बैठक बोलाएर छलफल गरेका छन् ।

उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार निधिले आइतबार बिहान प्रधानन्त्रीलाई भेटेर आफू वरीयतामा माथि रहेको स्पष्ट पार्दै अन्यथा भए मान्य नहुने स्पष्ट पारेका छन् । ‘काँग्रेस र माओवादी केन्द्रको पूर्ववत् सहमतिभन्दा दायाँ–बायाँ गरेर वरिष्ठताबारे गरिने निर्णय मान्य हुँदैन भनेर उपप्रधानमन्त्री निधिले प्रधानमन्त्रीलाई स्पष्ट पार्नुभएको छ,’ दाहालले भने ।
काँग्रेस सभापति देउवा, महामन्त्री डा. शशांक कोइराला, नेताहरू बालकृष्ण खाण, डा. रामशरण महतलगायतको आइतबार साँझको बैठकमा पनि यसबारे छलफल भएको थियो । बैठकमा निधिले असन्तुष्टि जनाएका थिए । ‘सभापतिले यसबारे प्रधानमन्त्रीसँग गम्भीर रूपमा कुरा राख्छु भन्नुभएको छ, सबैभन्दा ठुलो दलको अपमान सहनेवाला छैनौँ,’ बैठकमा सहभागी काँग्रेसका एक नेताले भने ।

निधिको तर्क : यसकारण म वरिष्ठ उपप्रधानमन्त्री : आफू वरिष्ठतम उपप्रधानमन्त्री भएको विषयमा उपप्रधानमन्त्री निधिले दुईवटा तर्क दिने गरेका छन् । पहिलो, उनी सबैभन्दा ठुलो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूका अगुवा हुन् । सत्तासाझेदारीमा ठुलो हिस्सा ओगटेका नेताका हैसियतमा आफू वरीयतामा अघि रहेको निधिको दाबी छ । त्यस्तै राप्रपा अध्यक्ष थापा अहिलेसम्म कार्यबाहक प्रधानमन्त्री नभएको बरु आफू यसबीचमा पटक–पटक भएको उनको तर्क छ ।

मन्त्रिपरिषद्को वेबसाइटमा भने निधि नै वरिष्ठ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट ओपिएमसिएम डट जिओभी डट एनपीमा भने उपप्रधानमन्त्री थापा कनिष्ट उपप्रधानमन्त्री भएको उल्लेख छ । वेबसाइटमा निधि वरिष्ठतम स्थानमा छन् भने उनीपछि कृष्णबहादुर महरालाई राखिएको छ । थापालाई चौथो वरीयतामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्