Logo

सन्दीपको दिल्लीले हैदराबादको सामना गर्दै



Spread the love

२५ वैशाख, काठमाडौँ । आईपीएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुदैछ। खेल नेपाली समयअनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ ।

आज हुने प्लेअफको खेलमा पराजित भएको टोलीका लागि आईपीएल यात्रा यहि समाप्त हुन्छ भने विजेताले पहिलो क्वालिफायरमा पराजित भएको चेन्नई सुपर किंग्सको सामना गर्नेछ । ७ वर्षपछि दिल्लीले इन्डियन प्रिमियर लिगमा पहिलो पटक प्लेअफमा खेल्दैछ।

दिल्ली कागिसो रबाडा बिना र हैदराबाद डेभिड वार्नर बिनानै मैदान उत्रनेछ ।

आजको खेलमा लेगस्पीनर सन्दीप लामिछानेले मौका पाउने नपाउने तय भईसकेको छैन । यद्दपि पछिल्ला खेलहरुमा टोलीले सन्दीप बिनानै जित हात पारेको कारण सन्दीपको सम्भावना न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्