Logo

‘यसकारण म वरिष्ठ उपप्रधानमन्त्री’ : निधिले दिएका दुई तर्क



Spread the love

2016082299

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगत्तै  नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् । थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएको खबर  आजको नयाँ पत्रिकामा  छापिएको छ ।

यसकारण म वरिष्ठ उपप्रधानमन्त्री
आफू वरिष्ठतम उपप्रधानमन्त्री भएको विषयमा उपप्रधानमन्त्री निधिले दुईवटा तर्क दिने गरेका छन् । पहिलो, उनी सबैभन्दा ठूलो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूका अगुवा हुन् । सत्तासाझेदारीमा ठूलो हिस्सा ओगटेका नेताका हैसियतमा आफू वरीयतामा अघि रहेको निधिको दाबी छ । त्यस्तै राप्रपा अध्यक्ष थापा अहिलेसम्म कार्यबाहक प्रधानमन्त्री नभएको बरु आफू यसबीचमा पटक–पटक भएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्