Logo

पाकिस्तानमा भएको शक्तिशाली बिस्फोटमा ८ जनाको मृत्यु



Spread the love

२५ वैशाख, काठमाडौं ।
पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको मस्जिदबाहिर शक्तिशाली विस्फोट हुदा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा परी ५ जना प्रहरी र ३ जना सर्वसाधारणको मृत्यु र २६ जना घाइते भएको पाकिस्तानको डन न्युजले जनाएको छ ।

शिया र सुन्नी दुवै सम्प्रदायका हजारौं मुसलमानहरू लगायत गैरमुस्लिमहरू पनि सो स्थलमा दर्शन गर्न जान्छन्। विस्फोटन भएको ठाउँमा ठूलो संख्यामा सुरक्षकर्मीहरू परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्