Logo

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



Spread the love

५ वैशाख, पाँचथर। पाँचथरको कुम्मायक गाँउपालिकामा ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ। ट्रयाक्टर सडकबाट खस्दा फालेलुङ गाँउपालिका प्राङवुङका १८ वर्षीय रोशन थाम्सुहाङको मृत्यु भएको हो।

मङगलबार राती १० बजे तिर लु १ त ६२४ नम्बरको टयाक्टर अनियन्त्रित भई सडकवाट ३० मिटर तल खस्दा घाइते भएका थाम्सुहाङलाई उपचारका लागि पाँचथर अस्पताल पुर्‍याँउदा चिकित्सकले मृत घोषित गरि सकेका थिए ।

ट्रयाक्टर चालक र सहचालक दुवै घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्