Logo

यी एयरहोस्टेस जसको कामले पायो चौतर्फी प्रशंसा



Spread the love

 

२५ वैशाख, काठमाडौं ।
रुसमा भएको विमान दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको दुःख मनाउँदै गर्दा एक एयरहोस्टेसको कामको चौतर्फी प्रशंसा भइरहेको छ । दुई दिनअघि विमान दुर्घटना हुदा एकजना एयरहोस्टेसले ३१ जना यात्रुको ज्यान बचाएकी थिइन् ।

एयर होस्टेस तातियाना कसाटकिनाले धैर्यता नगुमाई सहास देखाउदै अनेकौं यात्रीको ज्यान जोगाइन् । तातियानाले आगोको मुश्लो बनेको विमान खाली गर्नका लागि यात्रीहरूलाई पूरा तागत लगाएर बाहिर हुत्याइन् । उनले विमान जलेपछि आत्तिएका यात्रुको कठालोमा समात्दै धक्का दिएर बाहिर पठाइन् ।

 

प्रतिक्रिया दिनुहोस्