Logo

राप्रपा र प्रहरीबीच निर्वाचन आयोग अगाडि झडप : यस्तो रहयो दृश्य



Spread the love

rpp-jhadap1-e1490058172810
निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाएको विरोधमा धर्ना दिन सोमबार आयोग कार्यालय बहादुरभवन पुगेका राप्रपा कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर राणासहित दर्जन नेता-कार्यकर्ता घाइते भएका छन् । सो पार्टीले भने दुईदर्जन भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको दाबी गरेको छ। घटनामा केही सुरक्षाकर्मीलाई समेत सामान्य चोट लागेको  खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार रत्नपार्कमा भेला भएर विभिन्न नारा लगाउँदै राप्रपाको जुलुस बहादुरभवनतर्फ बढेको थियो । ‘निर्वाचन आयोगको निर्णय खारेज गर, हिन्दु राष्ट्र कायम गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाउँदै अगाडि बढेको जुलुसलाई प्रहरीले निर्वाचन आयोगको मूलढोकाभन्दा अलि परै रोेकेको थियो । सहभागीको सङ्ख्या उल्लेख्य रहेका कारण प्रहरी र राप्रपाका कार्यकर्ताबीच ठेलमठेल भएको थियो। ।

राप्रपा कार्यकर्ता प्रहरीलाई धकेल्दै अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्‍यो लाठीचार्ज भएपछि प्रदर्शनकारीले प्रहरीमाथि इँटा प्रहार गर्न थाले । यसक्रममा प्रहरीले पाँच सेल अ श्रुग्यास प्रहार गर्‍यो । त्यसपछि प्रहरीले रोेकेको ठाउँमै नेता-कार्यकर्ताले धर्ना दिए । धर्नामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा, आपूर्तिमन्त्री दीपक बोहोरालगायत पार्टीकानेता सहभागी थिए ।

यस अघि जुलुसको नेतृत्व पार्टीका पूर्वअध्यक्ष राणाले गरेका थिए । एक घण्टा धर्नापछि समापन कार्यक्रममा बोल्दै राणाले आन्दोलन नरोकिने चेतावनी दिए । ‘निर्वाचन आयोगकै अगाडि प्रहरीसँगको झडपमा राष्ट्रवादी कार्यकर्ताले रगत बगाएका छन् । यो रगतले हिन्दु राष्ट्र बनाउन अझै धेरै शक्ति प्रदान गरेको छ’, उनले भने । राणाले कुनै पनि हालतमा हिन्दु राष्ट्र स्थापना गरेरै छोड्ने दाबी गरे । ‘यो हाम्रो आन्दोलन सुरुवात मात्रै हो । कुनै पनि हालतमा हिन्दु राष्ट्र स्थापना गरेरै छोड्छौं । कसैले रोक्न सक्दैन’, उनले भने । जबराले आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै कडा विरोध जनाए ।

rpp-jhadap3-e1490058208858

यसैबिच राप्रपाले शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेपको निन्दा र भत्र्सना गरेको छ । पार्टी प्रवक्ता भुवन पाठकले सोमबार जारी गरेको विज्ञप्तिमा हस्तक्षेपलाई सरकारी दमन नभनी प्रहरी दमन भनिएको छ । धर्नापछि आयोगको निर्णय सच्याउन माग गर्दै पार्टी अध्यक्ष थापा र नेता राणाले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाएका छन् ज्ञापन पत्रमा निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था हटाउनलाई नेपालको संविधानको धारा २७२ को उल्लंघन भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ। नयाँ संविधानले आफ्ने बिचार र दर्शनको प्रचार प्रसार गर्न पाउने संवैधानिक हक रहेको भन्दै सो निर्णय सविधानको स्थापित मान्यता विपरीत रहेको ज्ञापन पत्रमा उल्लेख छ।, उनले भने । जबराले आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै कडा विरोध जनाए ।

rpp-jhadap-e1490058232444

यसैबिच, राप्रपाले शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेपको निन्दा र भत्र्सना गरेको छ । पार्टी प्रवक्ता भुवन पाठकले सोमबार जारी गरेको विज्ञप्तिमा हस्तक्षेपलाई सरकारी दमन नभनी प्रहरी दमन भनिएको छ । धर्नापछि आयोगको निर्णय सच्याउन माग गर्दै पार्टी अध्यक्ष थापा र नेता राणाले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाएका छन् ज्ञापन पत्रमा निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था हटाउनलाई नेपालको संविधानको धारा २७२ को उल्लंघन भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ।

नयाँं संविधानले आफ्ने बिचार र दर्शनको प्रचार प्रसार गर्न पाउने संवैधानिक हक रहेको भन्दै सो निर्णय सविधानको स्थापित मान्यता विपरीत रहेको ज्ञापन पत्रमा उल्लेख छ।

-तस्बिर : नवराज श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्