Logo

वनको आगो बस्तीमा फैलिँदा ८ घर गोठ सखाप



Spread the love

२५ वैशाख, काठमाडौं ।
घोराही उपमहानगरपालिकाको वनमा सल्किएको डढेलो फैलिएर बस्तीसम्म पुग्दा ८ वटा घर/गोठ जलेर नष्ट भएका छ।

घोराहीको सल्लिबोट सामुदायिक वनमा लागेको डढेलो बस्तीसम्म पुगेपछि स्थानीय व्यक्तिका ६ वटा घर र २ वटा घर जलेर नष्ट भए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार उक्त आगलागीबाट ३१ लाख भन्दा बढीको क्षति भएको छ। वनमा सल्केको डढेलो हावाहुरीका कारण बस्तीसम्म पुग्दा उक्त आगलागी भएको प्रहरीले बताएको छन् ।

प्रतिक्रिया दिनुहोस्