Logo

१३ बर्षको उमेरमै ईट्टा उद्योगमा ।



Spread the love

17409622_1842716812608488_210888650_n

सल्यानका दुई बालकहरुको ईट्टा उद्योग बाट उद्धार गरिएको छ । सानै उमेरमा नै पैसा कमाउने भनेर साथीहरूको लहलहैमा गएका उनीहरूको भक्तपुरका विभिन्न ईट्टा उद्योग बाट उद्धार गरिएको हो ।
जिल्लाको निगालचुँलाका १३ वर्षीय नेत्रलाल घर्ती र माझकाँडाका १३ वर्षीय नेत्रलाल पुनको उद्धार गरिएको हो । जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्व तथा महानगरीय प्रहरी परिसर भक्तपुर र बाल विकास समाजको समन्वयमा भक्तपुरका विभिन्न ईट्टा उद्योग बाट उनीहरूलाई उद्धार गरिएको हो ।
भक्तपुरका सरस्वती ईट्टा उद्योग र महेश्वरी ईट्टा उद्योग बाट उनीहरूलाई उद्धार गरिएको हो । नयाँ कपडा, नयाँ जुत्ता, मोबाइल फोन तथा साथीसँगीहरु सँग घुम्ने लगाएतका विभिन्न चाहाना भएका बालक घरपरिवार बाट ती चाहाना पुरा नभए पछि सानो उमेरमा नै ईट्टा उद्योगमा काम गर्न जाने गरेको बाल विकास समाजका दिपेन्द्र पराजुलीले बताउनुभयो ।
उहाँले ती दुई बालकलाई आफू सँगै सल्यानमा ल्याउनु भएको थियो । महिला तथा बालबालिका कार्यालय सल्यानको समन्वयनमा आज ती बालकलाई परिवारको जिम्मा लगाइएको छ ।

17440513_1842718279275008_211671152_n
सल्यान बाट दुई महिना अघि ती दुई बालक ईट्टा उद्योगमा काम गर्न गएका थिए । कक्षा चारमा पढ्ने उनीहरूले आफूहरू पैसा कमाउन भक्तपुर गएको बताएका छन् । पारिवारिक बेमेलका कारण उनीहरू ईट्टा उद्योगमा काम गर्न गएको बताइएको छ ।
दुवै बालकका घर बाट अभिभाबकहरु आए पछि ती बालकलाई अभिभाबकहरु कै जिम्मा लगाइएको छ । अभिभाबकहरुले अब ती बालकको भविष्य निर्माणको लागी काम गर्ने बताएका छन् । र हरेक आवश्यकता पुरा गरिदिने पनि बताएका छन् ।
ईट्टा उद्योग बाट सल्यान फर्किएका ती बालकहरुले अब घरमा गएर मेहनतका साथ पढ्ने बताएका छन् । सानो उमेरमा ईट्टा उद्योगमा काम गर्न गएर गल्ती गरेको उनीहरूले बताएका छन् । उनीहरूले अब धेरै पढेर डाक्टर र शिक्षक बन्ने उद्देश्य लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्