Logo

यी व्यक्तिलाई बनायो बिरालोले करोडपति



Spread the love

जनावरलाई प्रेम गर्नु नराम्रो कुरा होइन । आफ्नो सम्पूर्ण काम छाडेर जनावरको सेवामा नै रहनु निकै कठिन काम हो । तर ,यस्तै एक उदाहरण अमेरिकी व्यक्तिले देखाएका छन्।

डेभिड ताये नाम गरेका अमेरिकी नागरिकले बिरालोप्रतिको प्रेम संगीतको माध्यमबाट प्रस्तुत गर्न थालेको छ । उनले आफ्नो अधुरो सपना पूरा गर्नको लागि आफ्नो क्याट एल्बम म्युजिक फर क्याट्स बनाएका थिए ।

यो एल्बम सार्वजनिक भएको ५८ घण्टामा उनले करीब साढे २ करोड बराबरको आम्दानी गरिसकेका छन् । अहिलेसम्म यो कामलाई ९ हजार भन्दा बढी मानिसहरुले सहयोग गरिसकेका छन् । उनले पहिलो एल्बम सबैको सहयोगमा तयार पारेका हुन् ।

यस एल्बममा बिरालोको आवाजको पनि प्रयोग गरिएको छ ।यस एल्बम बिरालो र बिरालोलाई माया गर्ने दुवैले अत्याधिक मात्रामा रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्