Logo

सल्यान बाट १ सय ११ मतदान केन्द्र सिफारिस



Spread the love

17361086_1842676332612536_1632488362_n

स्थानीय तहको निर्वाचनका लागि सल्यान बाट १ सय ११ वटा मतदान केन्द्र सिफारिस गरी पठाईएकोे छ । संविधान सभाको निर्वाचनमा १ सय ३८ वटा मतदान केन्द्र रहेका थिए । तर अहिले २७ वटा मतदान केन्द्र घटाएर १ सय ११ वटा केन्द्र सिफारिस गरेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी भरत कुमार बुढाथोकी संयोजक रहेको जिल्ला मतदान केन्द्र पुनरालोकन समितिको बैठकले भुगोल, इलाका र क्षेत्रलाई मिलाएर उक्त केन्द्र राख्न सिफारिसका लागि निर्वाचन आयोगमा पठाएको हो । विभिन्न राजनीतिक दलहरू सहितको बैठकले १ सय ११ वटा केन्द्र बनाउने निर्णय गरेको थियो ।
जसमा सबैभन्दा थोरै ढोरचौर गाउपालिकामा ६ र सबैभन्दा धेरै बनगाडकुपिण्डे नगरपालिकामा १८ वटा मतदान केन्द्र तोकिएको छ । यस्तै गाउँपालिका तर्फ कपुरकोटमा १०, कालीमाटीमा ११, कुमाखमालिकामा १०, छत्रेश्वरीमा ९, त्रिबेणीमा ८ र दार्मामा ९ वटा केन्द्र ताकिएको छ । यस्तै नगरपालिका तर्फ बागचौरमा १४ र शारदामा १६ वटा केन्द्र तोकिएको छ ।
स्थानीय तह पुनःसंरचना आयोगले सल्यानमा ३ नगरपािलका र ७ गाउँपालिका बनाएको छ । सल्यानमा मतदाताको सङ्ख्या १ लाख, २२ हजार, ४ सय २५ रहेको छ । जसमा पुरुषको सङ्ख्या ६१ हजार २ सय १९ र महिलाको सङ्ख्या ६१ हजार २ सय ६ रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयले स्थानीय निकायको निर्वाचनको तयारीलाई तीव्र पनि पारेको छ । आगामी वैशाखको ३१ गते हुने स्थानीय निकायको निर्वाचनको तयारीलाई तीव्र पारिएको हो ।
निर्वाचन कार्यालयले आवश्यक जनशक्ति विवरण तयार पार्ने, सरोकारवाला सँग समन्वयन गर्ने लगाएतका आन्तरिक तयारीका कामहरुलाई तीव्रता पारेको जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा भाग लिनका लागी सल्यानमा १५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्