Logo

आयाक्स र बार्सिलोनाको ट्रेबल जित्ने दाउमा इंग्लिस क्लब बाधक, टोटनह्याम फाइनलमा



Spread the love

२६ बैशाख, काठमाडाैँ – युरोपियन च्याम्पियन्स लिग २०१८/१९ को उपाधिका लागि दुई इंग्लिस क्लब लिभरपुल र टोटनह्याम भिड्ने पक्का भएको छ । आज भएको दोश्रो सेमिफाइनलको दोश्रो लेगमा डच टिम आयाक्सलाई पराजित गर्दै टोटनह्याम लिभरपुलसँग फाइन भेटका लागि योग्य साबित भएको हो ।

टोटनह्यालाई फाइनलका लागि अवे गोलले महत्वपूर्ण सहयोग गर्यो । पहिलो लेग आफ्नै घरेलु मैदानमा १–० ले पराजित ट१टनह्या आयाक्सको मैदानमा सनसनीपूर्ण जीत निकाल्दै फाइनलमा स्थान बनाउन सफल भयो । टोटनह्याको पुनरागमनमा ब्राजिफियन खेलाडि लुकास मोउरा ह्याट्रिक हिरो सावित भए ।

पहिलो हाफमा २ गोल गरेको आयाक्स दोश्रो हाफमा सम्हालिन नसक्दा ३ गोल खाँदै सेमिफाइनलबाट बाहिरन बाध्य भयो । आयकाक्सका लागि डिफेन्डर डे लाइट ले ५ औँ तथा हाकिम जाइचले ३५ औँ मिनेटमा गोल गर्दै आयाक्सको आशा राखेका थिए । तर दोश्रो हापमा लुकास मोउरा चम्किँदा आयाक्सका गोल ओझेलमा परे ।

टोटनह्यामका लागि लुकास मोउराले ५५ मिनेटमा पहिलो गोल गरेका थिए । पहिलो गोल गरेको चौथो अर्थात् ५९औँ मिनेटमा व्यक्तिगत तथा दोश्रो गोल गरेका मोउराले खेलको थप गरिएको समयमा २० सेकेन्ड बाँकी रहँदा तेश्रो गोल गर्दै टोलीलाई अप्रत्याशित नतिजा सहित फाइनलमा पुर्याए ।

हिजो भएको पहिलो सेमिफाइनलको दोश्रो लेगमा पनि बार्सिलोना विरूद्ध ४–० को एकलोटी जित निकाल्दै लिभरपुल फाइनलमा प्रवेश गरेको छ । यो सिजनका दुबै सेमिफाइनलमा उत्कृष्ट कमब्याक गर्दै दुई इंग्लिस टोली फाइनलमा पुगेका छन् ।

सेमीफाइनलका सबै खेल सकिँदा अब ट्रेबल जित्ने लक्ष्य रहेका दुबै टोली बाहिरिइ सकेका छन् । यो सिजन बार्सिलोना र आयकाक्स ट्रेबल चुम्ने उच्च मनोबलका साथ च्याम्पियन्स लिगका बलिया दाबेदार थिए । तर भाग्य भने उनिहरू भन्दा विपरीत रहेको ठहरिएको छ ।

यो सिजनको च्याम्पिन्स लिग वान्डा मेट्रोपोलिटानोमा आगामि जुन २ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्