Logo

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु



Spread the love

२६ बैशाख, रामेछाप ।  खिम्तीबाट मन्थली आउँदै गरेको मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नं ७ तिल्पुङ निवासी ६५ वर्षीया केशरी तामाङ रहेका छन् ।

बा ४८ प ३०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी तामाङको तामाकोसी सहकारी अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परेका मोटरसाइकल चालक रामकुमार श्रेष्ठ र मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्