Logo

दुधलाई किन बढी उमाल्नु हुँदैन ? हेर्नुहोस् यस्ता छन् कारणहरू



Spread the love

प्रायजसो मानिसहरुलाई दुध एकदम मनपर्ने परिकार हो l किनकी यसबाट धेरै परिकारको खाना बनाउन सकिन्छ l जस्तैः दहि, महि र घिउँ इत्यादी l

तर काचै दुध भने खानु हुदैन । यसले हाम्रो शरीरमा ठुलो असर पुर्याउँछ । सो कारण यसलाई उमालेर मात्र खानु उचित रहन्छ l दुध उमालेर खानाले यसमा भएका सूक्ष्म हानीकारक जीवाणु नष्ट हुन जान्छन् l

तर दुध उमालेर खानुपर्छ भन्दैमा यसलाई पटक–पटक उमालेर खाँदा पनि शरीरलाई हानी हुन् सक्छ l

दुधलाई किन बढी उमाल्नु हुँदैन ? हेर्नुहोस् यस्ता छन् कारणहरूः

पौष्टिक तत्व नष्ट
मानिसहरुले दुध आफ्नो स्वास्थको लागि खाने गर्दछन् l किनकी हड्डीदेखि दाँत बलियो बनाउने सम्मका पोषण तत्व दुधमा पाइन्छन् l सो कारण मानिसले दिनहुँ यसको प्रयोग गर्दछ l यदि दुधलाई बारम्बार उमालेर खाएमा यी पौष्टिक तत्व नष्ट हुन जान्छन् l

दुध उमाल्दा यी कुरामा ध्यान दिनुहोस्ः
दुधको पोषक तत्व बचाइराख्न तीन मिनेटभन्दा बढी दुधलाई नउमाल्ने र दुधलाई उमाल्ने क्रममा डाडु वा चम्चाले चलाइराख्ने गर्नुहोस् l

दुधलाई कम उमाल्ने
दुध उम्लेको केही क्षणमै चुलोबाट उतार्नुहोस् । एकपटक उमालेपछि फ्रिजमा राख्नुहोस् या एकपटक उमाल्नेबित्तिकै प्रयोगमा ल्याउनुहोस् । पाकिरहेको दुधलाई केही बेरमै चुलोबाट निकालेर प्रयोगमा ल्याउनुहोस् । जसबाट स्वास्थलाई फाइदाजनक रहन्छ l

प्रतिक्रिया दिनुहोस्