Logo

संसारकै महँगो र अग्लो कुकुर; जसलाई खानाको लागि मात्रै चाहिन्छ ‘लाखाैं रुपैयाँ’



Spread the love

सामान्य भाषामा भन्नु पर्दा कुकुर एक पालुवा जनावर हो, जसलाई मानिसहरुले आफ्नो घर सुरक्षाको लागि पालेका हुन्छन् l पालिएको कुकुरले १ बर्षमा कति नै खान्छ होला र ? तपाई अनुमान लाउनुस् त । पक्कै पनि हामीभन्दा निकै कम ।

तर फ्रेडी नामक एक कुकुरलाई भने खानाको लागि मात्रै १ वर्षमा १६ लाख बराबरको खर्च भएको छ । यसलाई इंग्ल्यान्डकी मोडल क्लेरी स्टोनम्यानले पालेकी छिन् l

५ बर्षको फ्रेडी ७ फिट ५ दशमलव ५ इन्च अग्लो छ । यसले विश्वकै अग्लो कुकुरको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ज गरिसकेको छ ।

मालिक्नी मोडल क्लेरीका अनुसार आफ्नो पालुवा कुकुरले अरु कुकुरको तुलनामा बढी नै खाएको र घरका परिवारमध्ये उसलाई बढी खान्की लागेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्