Logo

किन पिउनु हुँदैन यस्ता व्यक्तिहरुले उखुको रस ?



Spread the love

गर्मी मौसममा मानिसहरूले चिसो पदार्थ पिउने गर्छन् जसका कारणले शरीरमा शीतल प्रदान हुन्छ । अहिलेको गर्मी मौसममा प्रशस्त मात्रामा उखुको रस पाइन्छ । जसले प्यास मेटाउने र शरीरलाई चिसो पनि बनाउने काम गर्दछ । जाडोको मौसममा भन्दा गर्मीको मौसममा यसको माग बढेर जान्छ किनकि मानिसहरूले जाडोमा भन्दा गर्मीमा यसलाई बढी रुचाउने गर्दछ । उखुको रसले शीतलता मात्र प्रदान गर्दैन् यसले स्वास्थलाई पनि धरै फाइदाजनक साबित गर्दछ । तर यसले सबै जनालाई फाइदाजनक हुन्छ भन्ने हुँदैन किनकि उखुको रस खानु राम्रो हो भने अर्को तर्फी नराम्रो पनि रहेको छ । खोकी लाग्दा, पेट सम्बन्धी रोग लाग्दा वा मधुमेह रोग लागेका व्यक्तिहरूको लागि यो रस पिउनु उचित रहँदैन ।

कस्तो अवस्थामा उखुको रस पिउनु हानिकारक हुन्छ ?

श्वासको समस्या
श्वासको समस्या लगायत दाँत दुखेको, किरा लागेको,वा दाँत प्वाल परेको व्यक्तिले पनि उखुको रस पिउनु हुँदैन किनकी यसमा भएको चिनीले झन् बढी समस्या देखापर्दछ ।

पेटको खराव
यदी मानिसको शरीरमा कुनै प्रकारको समस्या छ । भने उखुको रसले झन् पखाला चल्ने र स्वास्थमा नोक्सानदायक सावित हुन सक्दछ ।

मधुमेह
कुनै मानिसलाई मधुमेह सम्बन्धि रोग छ, भने त्यस्ता मानिसहरुले उखुको जुस सेवन गर्नु नोक्सानदायक हुन सक्छ किनकी यसमा गुलियोको मात्रा अत्याधिक रहन्छ ।

खोकी लाग्दा
मानिसलाई खोकी लाग्दा पनि उखुको रस सेवन गर्नु हुँदैन किनकी यसमा बढी गुलियोको मात्रा बढी भएका कारण स्वास्थमा आउन सक्छ ।

मोटोपना
यदी मानिसहरुको तौल बढी भएमा उखुको रस नपिउनु नै उचित रहन्छ किनकी यसले झन् बढी मोटोपना बढाएर जान्छ ।

प्रतिक्रिया दिनुहोस्