Logo

रोनाल्डो नेसन्स लिग खेल्ने



Spread the love

२६ वैशाख, काठमाडौँ । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नेसन्स लिग खेल्ने भएका छन् । पछिल्लो समय भने रोनाल्डो चोट र विश्रामका कारण टिम बाहिर रहदै आएका थिए ।

यसै समरमा पोर्चुगलले नेसन्स लिगका सेमिफाइनल र फाइनल खेल आयोजना गर्ने भएको छ । जुन ५ बाट जुन ९ सम्म सो खेलहरु सञ्चालन हुनेछ । सेमिफाइनलमा आयोजक पोर्चुगलसँगै स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र इंग्ल्यान्ड रहेका छन ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले नेसन्स लिगको लागि कप्तान रोनाल्डो टिममा रहने बताएका छन् । विश्वकप फुटबलपछि नेसन्स लिगको समूह चरण र केही मैत्रीपुर्ण खेलमा रोनाल्डो उपस्थित थिएनन् ।

पोर्चुगलको सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले १५६ खेलमा ८५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । नेसन्स लिगको सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डसँग ५ जुनमा प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्