Logo

टोटेनहममा मौराको अहिले सम्मकै उत्कृष्ट प्रदर्शन



Spread the love

२६ वैशाख, काठमाडौँ । बुधबार टोटेनहम हट्सपरले युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल खेलमा आयाक्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । ब्राजिलियन फरवार्ड लुका मौराको ह्याट्रिकसंगै टोटेनहमले जित पक्का गरेको थियो ।

डेढ वर्षअघि मौरा पीएसजीबाट टोटेनहम आएका थिए । ब्राजिलियन सुपरस्टार नेयमारलाई पीएसजीले भित्र्याएपछि मौराले टोलीमा मौका पाएको थिएन । त्यसैको फाइदा उठाउँदै टोटेनहमले मात्र २३ मिलियन पाउण्डमा उनलाई अनुबन्धन गरेको थियो ।

सन् २०१२ मा पीएसजी पुगेपछि मौराले क्लबका लागि टोलीसँग मिलेर ४ पटक लिग कप र ३ पटका फ्रेन्च कप उपाधिकोपनि हात पारे । लगातार पाँच सुपर कप उपाधि जितेपछि पीएसजीले च्याम्पियन्स लिगमा सोचे जस्तो प्रदर्शन भने गर्न सकेन ।

नेयमारको प्रवेशसंगै पीएसजीमा मौराले निकै कम मौका पाएका थिए । मौरालाई तत्कालिन पीएसजी प्रशिक्षक एमेरीले पीएसजीको स्तरका खेलाडी नभएको भन्दै उनलाई क्लब छाड्न बाटो खुला गरि दिए ।

प्रशिक्षक पोचेटिनोले यस सिजन उनलाई नियमित प्रयोग गर्दै आईरहेका छन् । उनले म्यानचेस्टर युनाइटेडविरुद्ध २ तथा च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध पनि मौराले बराबरी गोल गरेपछि टोटेनहम दोस्रो चरणमा प्रवेश गरेको थियो । आयाक्सविरुद्ध ह्याट्रिकलाई आफ्नो करिअरको हालसम्मकै उत्कृष्ट प्रदर्शन बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्