Logo

गाई काटेको अभियोगमा २ जनालाई प्रहरीद्वारा नियन्त्रण



Spread the love

२६ वैशाख, रामेछाप। रामेछाप प्रहरीले गाई काटेको अभियोगमा २ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिकाको ३१ वर्षीय हरिबहादुर खड्का र २९ वर्षीय सुजन खड्का हुन् । गाई काटेको खबर सुन्नासाथ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।अभियुक्तलाई पक्राउ गरी गौवधसम्बन्धी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्