Logo

समुन्द्र शास्त्रको अनुसार पैतालामा यस्ता चिह्न भएका मानिस भाग्यशाली



Spread the love

हिन्दु धर्मवलीले अक्सर ज्योतिष शास्त्रमा विश्वास गर्छन र आफ्नो भविष्य पनि हेर्ने गर्दछन् । भविष्य बताउन सक्ने शास्त्रको बारेमा त हामी सबैलाई थाहा भएकै बिषय हो । तर समुन्द्र शास्त्र ? यो नाम भने कमै मात्राले सुनका छन् किनकी शरीरका विभिन्न भागका बनौट हेरेर मानिसको भाग्य र स्वभाव बताउन सकिने शास्त्रलाई नै समुन्द्र शास्त्र भनिन्छ । यसले हात मात्र होइन मानिसको खुट्टा हेरेर पनि स्वभाव र भाग्य बताउन सक्ने यो शास्त्रले उल्लेख गर्दछ ।

समुन्द्र शास्त्रको अनुसार खुट्टाको पैतालामा यस्तो चिह्न भएका मानिस भाग्यमानी:

  • मानिसको खुट्टाको कान्छी औंलाको फेंद माथितिर गएको रेखा छ भने यस प्रकारका मानिसहरु भोगी, विलाशी,भाग्यमानी साथै समाजमा प्रतिष्ठित पनि हुन्छन् ।
  • यदी कुनै व्यक्तिको पैतालाको मध्य भागमा गोलो आकृति छ भने त्यस्ता व्यक्तिहरुलाई धन कमाउन धेरै मेहनत नगर्नु पर्ने र धनी हुन्छन् ।
  • यदी सरकारी जागिर खाने योग छ भने व्यक्तिको पैतालमा त्रिशुलको चिह्न हुने गर्दछ । र यस प्रकारका मानिसहरु निकै
    भाग्यशाली हुन्छन् ।
  • यदी कुनै व्यक्तिको पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह छ, भने यस्ता व्यक्तिलाई विश्वले चिन्नुको साथै
    महामानव हुन्छन् ।
  • यदी कसै व्यक्तिकोखुट्टाको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता व्यक्ति धनी हुनुको साथै धनको मतलव नगर्ने खालेका हुन्छन् ।
  • कुनै व्यक्तिले व्यापारमा निक्कै सफलता पाउनु छ भने त्यस्ता व्यक्तिको खुट्टाको पैतालामा अङ्रेजी  अक्षर ‘टी’ (T)जस्तो आकृति भएको हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्