Logo

विषालु सर्पको टोकाईबाट २ वटा गाईको मृत्यु



Spread the love

२६ वैशाख ,महोत्तरी ।महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा विषालु सर्पको टोकाईबाट दुई वटा दुधालु गाईको मृत्यु भएको छ ।

खाली खेतको घाँसमा चर्ने क्रममा गाईलाई विषालु सर्प गोमनले टोक्दा गाईको ज्यान गएको हो । उक्त गाई स्थानीयवासी नरेश शाहको हो । एक महीनाअगाडी मात्रै ६० हजार भारुमा किनेर ल्याएको गाईलाई सर्पले टोक्दा ज्यान गएपछि शाह परिवार निक्कै दुःखी भएका छन् ।

साथै गत सोमबारका दिन सोहि ठाउँका स्थानीयवासी श्यामबाबु चौधरीको दुधालु गाईलाई पनि विषालु गोमन सर्पको टोकाइबाट गाईको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्