Logo

राष्ट्रपति भण्डारी महामहोत्सवमा सहभागी हुन जनकपुर जाने



Spread the love

२६ वैशाख,जनकपुर ।  बिहीबारबाट जनकपुरको जानकी मन्दिरमा २०७६ जानकी नवमी महामहोत्सव सुरु भएको छ ।जानकी महोत्सव १५ दिन सम्म विविध कार्यक्रम गरी मनाईन्छ ।

पहिलो दिन महोत्सवमा राम कथा प्रवचन, नवाह रामायण पाठ र बेलुका बधाई मंगलगानको कार्यक्रम रहेको छ ।बैशाख ३० गतेदेखि जन्ममोत्सवको विशेष कार्यक्रम सुरु हुनेछ । मन्दिरको सजावट तथा मन्दिर श्रृंगारको काम पनि अन्तिम चरणमा पुगेको छ ।

जानकी नवमीमा यसपटक शोभायात्रा, दुधमती साही स्नान, रामायण मेला, राम र सीतालाई केन्द्रित गरी कवि गोष्ठी, रामायणमा आधारीत प्रश्नोत्तर प्रतियोगिता, मिथिला चित्रकला सम्बन्धी प्रदर्शनी, प्रादेशिक भाषाको सास्कृतिक कार्यक्रमहरु हुने छ ।

रामनवमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहभागी बन्ने महन्त दासले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्