Logo

ग्यास सिलिण्डर पड्किदा हेटौँडा स्कूलको क्यान्टीनमा आगलागी



Spread the love

२६ वैशाख,हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा अवस्थित सनराईज इङ्लिस बोर्डिङ स्कूलको क्यान्टीनमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किदा आगलागी भएको हो ।

स्कुलको क्यान्टिनमा खाजा बनाउने क्रममा बलिरहेको ग्यास पड्किदा आगलागी भएको र आगलागीमा परी क्यान्टिनमा भएका करिब ५ लाख बराबरको सामाग्री जलेर नष्ट भएको क्यान्टिन सन्चालक राजेन्द्र लामाले बताए । उक्त आगलागीलाई स्थानीयवासी तथा हेटौँडा उपमहानगरपालिकाको दमकल प्रयोग गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्